सार्वजनिक बसको यात्रा

सार्वजनिक बसको यात्रा

सार्वजनिक बसमा यात्रा गर्नुृ भएको छ ? सार्वजनिक बसको यात्रा कति सहज र कति असहज लागछ ? म भक्तपुरदेखि चावहिल सम्मको यात्रा सार्वजनिक बसमा  गर्छु । मलाई यो यात्रा अत्यनतै असहज लागछ । काठमाडौँ उपत्यकाको सार्वजनिक बसको यात्रा अत्यन्तै सास्तिपुर्ण छ । दुइ घण्टामा पुगिने ठाउँमा चार घण्टा लगाएर यात्रा गर्नु पर्ने बाध्यता छ । बिद्यालय कार्यालय तथा अन्य ठाउँमा समयमा पुग्नको लागि एउटा खुट्टा वाहिर र अकं्रो खुट्टा भित्र राखेर यात्रा गर्नु पर्ने बाध्यता छ । बृद्द ,गर्भवती ,सुतकेरी ,विरामी अपाङ्ग लगाएत सबैले यात्रा गर्ने सार्वजनिक बसको अवस्था यस्तै हो । यात्रुको बाध्यतालाई चालक तथा सहचालकले कमाउने अवसरका रुपमा लिईरहेका हुन्छन् । बृद्द ,गर्भवती ,सुतकेरी ,विरामि अपाङ्ग उभिएरै यात्रा गर्न बाध्य हुन्छन् । धेरै समयको पर्खाइमा मात्र बस आउने भएकाले कतिपय व्यक्तिहरु ले आरक्षण सिट छोड्नलाई अस्विकार गर्छन । बसका चालक तथा सहचालकले यात्रुका लागि नियम वनाईदिएका छन् । उभिने यात्रुहरु एक जना पुर्वको झ्रयाल तर्फ र अक्रो जना पश्चिमको झ्रयाल तर्फ उभिएर यात्रा गर्नु पर्छ । उनिहरुले भनेको यो नियम पालना नगरेको खण्डमा यात्रुलाई अपशब्द प्रयोग गर्ने तथा बस वाहिर निकालिदिने गरेको देख्न पाईन्छ । सार्वजनिक बसको यात्रा कैदिलाई सजाय दिए जतिकै छ । 

देशको राजधानि जहाँ प्रहरी प्रशाशन ,नागरिक समाज र मानव अधिकारको पक्षमा बहस चलिरहन्छ । सार्वजनिक बसको यात्रामा देखिने समस्या दैनिक रुपमा चलिरहेको छ । बसमा क्षमता भन्दा धेरै यात्रु राखेर बस चलाउदा सिमित व्यक्तिलाई फाईदा पुग्ला तर यसले दुर्घटना भएर अङ्गभङ्ग हुने तथा ज्यानै जाने सम्मको जोखिम देखिन्छ । बिहान र बेलुकाको समयमा बसको ढोकामा दुई वटै े खुट्टा राखेर यात्रा गर्नुको खुसी बेग्लै किसिमको हुन्छ । यो भिडमा महिलाहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हिँसामा परिरहेका हुन्छन् । कोहि महिलाले यसको प्रतिकार गरिहालेमा कतै पनि नछोईनाई आफ्नै निजि सवारिसाधन प्रयोग गर्नुपर्छ भन्नेहरु धेरै हुनछन् । समयमा आफ्नो  गन्तब्यमा पुग्नको लागि यि समस्यालाई स्विकारनुपर्ने बाध्यता छ । बसमा आफ्नो मोबाइल पैसा र गरगहना सुरक्षित राख्न यात्रुलाई निकै अप्ठ्यारो हुन्छ । यात्रुले भोग्ने गरेको यो कष्टकर दैनिकिको लेखाजोखा राख्ने कुनै निकाय छैन् । सम्बनधीत निकायका व्यक्तिहरुले यस्तो यात्रा दखेका त छन  कि छैनन् यसलाई भेग्नु त टाढाको कुरा हो । सार्वजनिक बसमा सहज र सुरक्षित  रुपमा यात्रा गर्न पाउनु अधिकारको कुरा हो तर यो कुरा भाषणमै सिमित छ । देशको राजधानिको यसतो अस्तव्यस्त सार्वजनिक बसको यात्रा छ अझै दुर्गम क्षेत्रमा कस्ताृ अवस्था छ कल्पना पनि गर्न सकिदैन । 

नेपालको कानुन दैवले जानुन भन्ने कुरालाई प्रयोगमा ल्याउने ठाउ सडक बनिरहेको छ । यात्रु ,चालक र सहचालकका लागि बनाईयको कानुन किताबमै मात्र सिमित छ ा बिश्वमा सडकलाई अत्यन्त संवेदनशिल मानिन्छ तर नेपालमा सडक यातायात एकदमै स्वतन्त्र छ । सडकमा नियम पालन नगर्नाले ट्राफिक व्यवस्थापन असतव्यस्त छ । चालक र सहचालकले मनोमानि ढँगाबाट यात्रुलाई दुख दिने गरेका छन् । राज्यले यात्रुलाई सहज र सरल किमिको यातायातको सुबिधा प्रदान गर्नु पर्छ । सडकको लागि बनाईएको नियम पालना भए नभएको जाँच गरि यो समस्याको समाधानतर्फ मध्यनजर गनुृपर्छ  । सार्वजनिक बसमा यात्रा गर्दा आइपरने यावत समस्यालाई न्युनिकरण गर्न यात्रु ,चालक र सहचालक , ट्राफिक प्रहरि लगायत सबैले सहकार्य गर्नु आवश्यक छ ।

पार्वती थापा,

भक्तपुर



Read More Blogs